काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान समावेशी समानुपातिक रहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले आइतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए। उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण बताए। उनले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए।


