काठमाडौं । बुधबार एकल बढेको सेयर बजार आज पनि झिनो अंकले घटेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले घटेको हो ।
सो दिन कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्यो, १३१ कम्पनीको घट्यो भने १ वटाको स्थिर छ ।
आज १ करोड १३ लाख ८४ हजार ७ सय २५ कित्ता सेयर किनबेचबाट ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बुधबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।


