काठमाडौं । प्रधानमन्त्री केपी शर्मा सरकारले तीनकुने घटनाको निष्पक्ष छानविन गर्ने बताएका छन्। उनले शनिबार बिहान थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘अहिले नै न्यायिक छानविन नभनौं, हुनपनि सक्छ, नहुनपनि सक्छ। सबै कुरामा न्यायिक छानविन नै चाहिन्छ भन्ने पनि छैन। त्यो विचार गर्छौँ।’


