काठमाडौं । राजावादी आन्दोलनका विवादास्पद कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीले आज काठमाडौं ल्याउने तयारी गरेको छ ।
प्रसाईंलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो


