काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र ल्याउन भारतीय नेता चन्द्रशेखरको ठुलो योगदान रहेको बताएका छन् । उनले सोमबार गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान विषयक गोष्ठीमा यस्तो बताएका हुन् ।
उनले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताए।
सोमबार गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘चन्द्रशेखरजी नेपालमा आएपछि नेपाली आन्दोलनकारीमा निकै उत्साह थपिएको थियो र त्यसपछि देशमा ठुलो आन्दोलन भएको थियो ।’


