काठमाडौं । आज पनि सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार परिसूचक (नेप्से) ८.६२ अंकले घटेको हो
आज ६ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य स्थिर छ ।गुडविल फाइनान्सको ऋणपत्रको मूल्य १० प्रतिशतले बढेको छ ।


