काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सोचेजस्तो काम गर्न नसकेकोप्रति क्षमायाचना गरेका छन् ।
नवलपरासीको प्रतापपुरमा आयोजित सभामा उनले माओवादीले जनतामाझ आउन भुलेको गल्तीलाई सुधारेर फेरि जनतामाझ नै आएको भन्दै फेरि एकपटक मौका दिन आग्रह गरेका हुन्।
उनले भने, ‘माओवादी जनताको पार्टी हो। गल्ती गरे पनि आफ्नै छोराछोरी सम्झेर एक पटक फेरि मौका दिनुहोला। गल्ती सच्याउँदै अगाडि बढ्ने हो। जिल्लाका साथीले पनि आत्मालोचना गर्दै जनताको पक्षमा काम गर्नु होला।’


