काठमाडौं । सिंहदरबार र बालुवाटारमा बसेर भ्रष्ट बिचौलियाको कुरा सुनेर सरकारले कुलमानलाई हटाइएको भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ । विभिन्न संघसंस्थाले कुलमान घिसिङ पुनर्बहाली संघर्ष आन्दोलन समिति बनाएर उनको पक्षमा आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘उज्यालो नेपालका नायक’ घिसिङलाई बिचौलियाको सेटिङमार्फत हटाएको आरोप लगाएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री र ऊर्जामन्त्रीको राजीनामा पनि माग गरेका छन् ।
सांस्कृतिक भेषभूषा तथा बाजागाजासहित प्रदर्शनकारीले घिसिङको पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनकारीले ‘देशको सान, कुलमान घिसिङ’ लेखिएको प्लेकार्ड बोकेका थिए ।


