काठमाडौं । पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबारबाट पुनस् सुरु भएको छ ।
अभियान प्रभावकारी भएको र जनतासँग पार्टीलाई जोड्न सफल भएको माओवादीको नेताहरुको दाबी छ । यो अभियानमा पार्टीका उपमहासचिव तहसम्मका सबै नेताहरुलाई अनिवार्य सहभागी हुँदै आइरहेका छन् ।
अभियानलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरमा बताइएको छ ।


