काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा युवा निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
उनले शनिबार झापामा नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘उद्यमशीलताको विकास गर्ने आजको नारा हो । उद्यमशीलता सिक्नुस्, एउटाले अर्कोबाट सिक्नुस्, तालिम कक्षाहरु सञ्चालन गर्न स्थानीय सरकार, प्रदेश सरकार लागि पर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले जहाँ जनता छन् त्यहाँदेखि अभियान उठाएर लानु एमाले कार्यकर्तालाई निर्देशन दिए ।


