काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषा हराउँदा समाज कमजोर र विखण्डित हुने बताएका छन् । उनले आज देउडा समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘सुदूरपश्चिमको भाषा हराउँदैछ के गर्नुहुन्छ ? कोही बोल्दैनन् आफ्नो भाषा सबै नेपाली बोल्छन्, हुँदाहुँदै छोराछोरी अंग्रेजी बोल्छन् । त्यसैले भाषा हराउँदै गइरहेको छ । भाषा ठूलो कुरा हो । जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर र विखण्डित हुन्छ भन्ने भनाइ छ । आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, बचाउन काम गरिरहेका छन् ।’


