काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ ।
काठमाडौंका धेरै ठाउँमा हावाहुरीसहित वर्षा सुरु भएको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।
“काठमाडौंमा भर्खरैदेखि हावाहुरीसहित वर्षा भइरहेको छ,” उनले भने, “कहाँ कति वर्षा भयो केही समयपछि हामी मेजर गर्नेछौँ ।” उनका अनुसार दिउँसो पनि काठमाडौंमा वर्षाको सम्भावना छ ।


