काठमाडौं । आइतबार ओरालो लागेको सेयर बजार सोमबार भने केही बढेको छ । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक १२.१३ अंकले बढेर २९७६.३३ विन्दुमा पुगेको हो। ।
आज नेप्से दोहोरो अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा कम छ। ३२१ स्क्रिप्सको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँमा खरिदबिक्री भए।


