काठमाडौं । आइतबार पनि सेयर बजार बढेको छ । साताको पहिलो दिन आज नेप्से २९ अंकले बढेको हो ।
कुल १५८ कम्पनीको सेयर मूल्य बढ्यो भने ९० कम्पनीको मूल्य घट्यो । गत शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएको थियो । यसले सेयर बजारमा ठूलै उत्साह ल्याउने अपेक्षा गरिए पनि नेप्सेमा देखिएन ।
आज कुल १ लाख ५ हजार ४१५ पटकको कारोबारबाट ११ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।


