काठमाडौं । जेनजी पुस्ताले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन सुरु गरेको छ । सरकारले भदौ १९ मा २६ सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णयको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको छ ।
स्कुल ड्रेस र किताबसहित उनीहरु माइतीघर मण्डलामा जम्मा भएका हुन् ।
नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् ।
यसपटकको आक्रोश ‘डिजिटल नेटिभ्स’ मा देखिएको छ । सन् १९९७ देखि २०१२ जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ ।


