काठमाडौं । नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतसहितका सरकारी संरचना जोगाउन अन्तिमसम्म कोसिस गरेको जवाफ दिएको छ ।
नेपाली सेनाका युद्धकार्य विभाग प्रमुख अनुपजंग थापाले भदौ २४ गते राति १० बजेदेखि सडकमा निस्किनुनअघि नै उपत्यकाका १८ मध्ये १२ वटा दमकल प्रयोग गरेर आगो निभाउने कोसिस गरिएको जवाफ दिएका छन्।
“ठूलो संख्यामा अत्यन्त आक्रोशित भिड सिंहदरबारभित्र छिरेपछि ठूलो मानवीय क्षतिको माध्यमबाट बाहेक नरोकिने स्पष्ट देखिन्थ्यो । समग्र घटनाहरूमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकताअनुसार पहल लिएको र मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्त्वपूर्ण रहेको बुझाइ यहाँहरूलाई अनुरोध गर्दछु,” नेपाली सेनाका युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले भने ।


