काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले आज पार्टी मुख्यालय पेरिसडाँडामा सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका कूममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
संयोजक दाहालले भने, ‘माओवादीले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ । अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिन्छ ।’
उनले पछिल्लो राजनीतिक परिस्थितिमा माओवादी कसरी अघि बढ्नुपर्छ भनेर केन्द्रीय समिति बैठकबाट निर्णय गरिसकेको स्पष्ट पारे।


