काठमाडौं । काठमाडौँमा यही मंसिर १ देखि जारी क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई टोलीबीचको खेल अपराह्न ४ बजे सुरु हुनेछ।
यता, पोखराविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । सुदूरपश्चिमले यसअघि दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो । पहिलो खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा छ ।


