काठमाडौं । सरकारले आठ जना सचिवहरूको सरुवा गरेको छ।
जानकारी अनुसार तथ्यांकमा रहेका सचिव मधुसुदन बुर्लाकोटीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा रहेका सचिव कमल पोखरेललाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ। उद्योग मन्त्रालयका सचिव कृष्ण राउतलाई निर्वाचन आयोगमा खटाइएको छ भने निर्वाचन कार्यालयका सचिव महादेव पन्थलाई अतिरिक्तमा सारिएको छ।
खानेपानी मन्त्रालयकी सचिव प्रमीला देवी बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयतर्फ सरुवा गरिएको छ। नेपाल ट्रस्टका सचिव रामआधार साह पुनः खानेपानी मन्त्रालयमा ्आएका छन् ।
त्यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ भने कृषि मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयतर्फ खटाइएको छ।


