काठमाडौं ।अन्ततः सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको छ ।
शाक्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन आदेश दिएको हो ।
जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा तानेर त्यहाँ मनोज सिलवाललाई नियुक्त गरेका थिए । गत असोज ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।
केपी ओली नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएर शाक्यलाई नियुक्त गरेको थियो ।


