काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई २५ लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् ।
भिजिट भिसा र सम्पत्ति शुद्धीकरणको मुद्धामा प्रतिवादी बनाउँदै अख्तियारले बिहिबारमात्र उनीसहित सात जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्धा लगिएकोमा भोलिपल्टै विशेषले २५ लाख रुपैयाँ धरौटीमा माग गरेको थियो । भिजिट भिसामा विदेश पठाउने नाममा सेटिङ गरी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा उनीविरुद्ध दायर मुद्दाको थुनछेक बहपछि शुक्रबार विशेष अदालतले धरौटी माग्ने आदेश दिएको थियो ।
अख्तियारले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा र उनीसहित तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो ।


