काठमाडौं । नेपाली कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विघटित प्रतिनिधिसभाका सांसद एवम् अर्थ समिति सभापति चालिसेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा चालिसे र उनको एकाघर परिवारले जम्मा ४ करोड ८८ लाख ३५ हजार रुपैयाँभन्दा केही बढी वैधानिक आय आर्जन गरेको देखिएको छ। तर त्यही अवधिमा उनीहरूले ८ करोड ५६ लाख ८३ हजार रुपैयाँभन्दा बढी सम्पत्ति सिर्जना, खर्च र लगानी गरेको अख्तियारको निष्कर्ष छ।


