काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसमा फुट आउनु दुःखद भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले आज नेकपा एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
पछिल्लो समय धम्कीको भरमा निर्देशित भएर चल्नुपर्ने र अपराध कर्म ठिक हो भनेर हिँड्नुपर्ने अवस्था आएको ओलीको भनाइ छ । ‘न्याय निरूपण गर्ने निकायहरू त्रासमा बाचिरहेका छन् । त्रासबाट निर्देशित भएर निर्णय गर्नुपर्ने अवस्था छ । यति छर्लङ्ग हुँदाहुँदै पनि निर्वाचन आयोग बसिरहेको छ ।’


