काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस पार्टी फुटेको नभइ नयाँ कार्यसमिति चयन भएको प्रष्ट पारेका छन् ।
बिहीबार सञ्चारकर्मीसँग निर्वाचन आयोगमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
विशेष महाधिवशेन सफल भएको दाबी गर्दै शर्माले महाधिवेशनले लिएको दृष्टिकोण र नेतृत्व परिवर्तनबारे निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरू निर्वाचन आयोग पुगेको बताए ।


