काठमाडौं । भ्रष्टाचार मुद्दा खेपिरहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा। संगीता मिश्रसँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ । बुधबार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलालसले यस्तो आदेश दिएको हो ।
विशेषका न्यायाधीशहरू नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले संगीतासँग पाँच लाख रूपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कात्तिक २ गते मिश्रसहित १५ जनाविरुद्ध विशेष अदालतमा १४ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।
मिश्रासहितका उनीहरूविरुद्ध थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप छ ।


