काठमाडौं । आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
उक्त भेट क्रममा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएको बताइएको छ ।
राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ । अध्यक्ष लिङ्देनले पृथ्वी जयन्तीकै विषयलाई लिएर यसअघि पनि अन्य पार्टीका नेताहरुलाई समेत भेट गरिसकेका छन् ।


