काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने दावी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गरे ।
युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको पनि जिकिर गरे । सहसंयोजक नेपालले जेनजी पुस्ताको भावनाअनुसार आफूहरू अघि बढिरहेको पनि दाबी गरे ।


