काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिई झापा ५ मा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का वरिष्ठ नेता बालेन शाह बिहानैदेखि मतदातासँग भलाकुसारीमा जुटेका छन् ।
दमक–५ स्थित सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग विभिन्न विषयमा उनले कुराकानी गरेका छन् । झापा ५ नेकपा एमालेका अध्यक्ष केपी ओलीले लगातार धेरैपटक निर्वाचन जितेको क्षेत्र भएकाले पनि यसपालिको चुनावी प्रतिष्पर्धालाई निकै रोचक बनाएको छ ।


