काठमाडौं । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। मानवस्रोत विकास विभागले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।
नेपाल प्रहरीको मानवश्रोत विकास विभागले बिहीबार बिहान सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नागरिकबाट दरखास्त आह्वान गरेको हो।
इच्छुक व्यक्तिले भोलि ९शुक्रबार०देखि आगामी माघ १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। सार्वजनिक बिदाको दिनसमेत आवदेशन दिन सकिने छ।
निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हरेक जिल्लामा सुरक्षा निकायहरु सम्मिलित समिति बन्नेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामाकरण गरिएको हो।
छनोट भएकाहरुलाई १० दिन तालिम दिइनेछ। तालिम सकिएपछि एक महिना निर्वाचनमा खटाउने सरकारको तयारी छ। उनीहरुले ४० दिनको तलब पाउनेछन्। तलब प्रहरी जवानको सरह नै हुनेछ।


