काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन्।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो।
यस क्षेत्रबाट २०७४ सालको निर्वाचनमा महेश बस्नेत निर्वाचित भएर उद्योग मन्त्री समेत बनेका थिए ।


