काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशलाई एक ठाउँमा ल्याउने जिम्मा कांग्रेसले लिने बताएका छन् ।
धनुषा क्षेत्र नम्बर ४ मा शुक्रबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘हामी आँखामा सपना र केही गरौँ भन्ने भोक बोकेर आएका छौँ। देशलाई एक ठाउँमा ल्याउने जिम्मा कांग्रेसले लिन्छ।’
उनले विगतमा विभिन्न कारणले पार्टीबाहिर रहेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्नेमा जोड दिए। ‘हिजो घरबाहिर रहनु भएका सबै साथीहरूलाई पार्टीमा बोलाउनुपर्छ,’ उनले भने।
थापाले आफू राम्रो निर्वाचन क्षेत्र छाडेर मधेश आएको उल्लेख गर्दै मधेशलाई नेपालको केन्द्र र मुटुका रूपमा व्याख्या गरे।


