काठमाडौं । । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबीच प्रतिस्पर्धा हुने बताएका छन् ।
बताएका छन् । उनले आज रुकुमपूर्व जिल्लाको विभिन्न विकट क्षेत्रमा चुनावी घरदैलो गरेर फर्किएपछि पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
विशेषगरी भदौ २३ गते भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो । ‘२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौं। त्यसअघि पनि सरकारका नेतृत्वले गरेका कामको हामीले विरोध गर्दै आएका थियौं’ उनले भने ।
उक्त घटनाप्रति सम्बन्धित पक्षले आत्मसमीक्षा गर्नुपर्नेमा त्यसो नगरी ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक संकेत भएको प्रचण्डको भनाइ थियो । ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ। यदि जनताले यसलाई बुझेन भने भविष्यमा फेरि दोहोरिन सक्छ,’ उनले थपे ।


