काठमाडौं । भदौ २४ मा आगजनी गरी ध्वस्त पारिएको कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर आजदेखि सञ्चालनमा आएको छ ।
आगजनी गरिएको पाँच महिनामै भाटभटेनीको स्टोर सञ्चालनमा ल्याइएको हो ।भदौको ‘जेनजी’ आन्दोलनमा लुटपाट र आगजनीबाट ध्वस्त कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट आज शनिबारदेखि पुनः सञ्चालनमा आएको छ।
अध्यक्ष मीनबहादुर गुरुङले विशेष पूजाआजा गरी स्टोरको उद्घाटन गरेसँगै पाँच महिनादेखि ठप्प सेवा सुचारु भएको हो। स्टोरमा ३०० भन्दा बढी कर्मचारी काममा फर्किएका छन्। कोटेश्वरको भाटभटेनी बिहान ७ देखि राति ९ बजेसम्म खुला रहनेछ।


