काठमाडौं । आसन्न निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ ।
आइतबार आयोगमा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताका विषयलाई समेटेर आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरिएको जानकारी दिएका हुन् ।
उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो गर्न पाउने, प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न मिल्ने आयोगले जनाएको छ ।


