काठमाडौं । आज नेपाली बजारमा सुनको प्रतितोला ५ हजार ६ सय बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३२५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको छ ।


