काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनमा मतदान गर्दा आवेग र उत्तेजना नभई विवेकपूर्ण तरिकाले निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले आज इलामको फिक्कलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘उत्तेजना र आवेगमा कोही उम्मेदवार वा दल हुन सक्छन्, तर देश आवेगले बन्दैन। मतदाताले नै भन्नुपर्छ( चुपचाप यो छाप, त्यो छापको नारा हामी मान्दैनौँ। हामी दल र उम्मेदवारलाई प्रश्न गर्छौं, जबाफ चाहन्छौँ,’ शर्माले भने।
यसअघि उनले पाँचथर र सोलुखुम्बुमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। त्यहाँका चुनावी सभामा पनि उनले दल र उम्मेदवारलाई प्रश्न गरेर मात्रै मत दिन मतदातालाई आग्रह गरेका थिए।


