काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई पाँच लाख धरौटीमा छाडने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते पूर्वमन्त्री श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । आयोगले श्रेष्ठसँग ७८ लाख रूपैयाँ विगो कायम गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।


