काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचन नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका छन् ।
शनिबार कपिलवस्तु कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर मुलुकको रक्षा गर्ने समय आएको भन्दै आगामी निर्वाचन जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका हुन् ।
उनले निर्वाचनमा राष्ट्रको एकतालाई प्रवर्द्धन गर्न चाहने शक्ति र राष्ट्रलाई सङ्कटमा धकेल्ने प्रवृत्ति समेत अहिले चुनावी प्रतिस्पर्धामा रहेको धारणा राखे ।


