काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर गएका छन् । उनी चुनाव छल्नकै लागि सिंगापुर उडेको पार्टीमा चर्चा छ । पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।
देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल स्रोतले जनाएको छ । यद्यपि देउवा यसअघि पनि पटक पटक उपचारको लागि सिंगापुर जाने गरेका थिए । सचिवालयले उनी के कारणले विदेश गएका हुन् भन्नेबारे स्पष्ट बताएको छैन ।


