काठमाडौं । शनिबार दिउँसो १ बजेदेखि रौतहटको सदरमुकाम गौर नगर क्षेत्रभित्र लगाइएको ‘कर्फ्यु’ आज पनि जारी छ। किनमेल गर्न केही समयको लागि खुकुलो पारिएको
कर्फ्यु’ मा फेरि कडाई गरिएको प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९क) अनुसार कर्फ्यु गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र लगाइएको हो।
बिहीबार गौरमा दुई समुदायबीच सामान्य तनावबाट सुरु भएको विवादले शुक्रबार उग्र रुप लिएको हो ।


