काठमाडौं । झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चुनावी वाचापत्र सार्वजनिक गरेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ का भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा आयोग गठन गरी १००० दिनमा समाधान गर्ने नीति अपनाउने संकल्प गरेका हुन्।
झापा-५ का भूमिहीन, सुकुमवासी था अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोगमार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिने उल्लेख गरेका छन् ।


