काठमाडौं । आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालबाट ल्याएर हिरासतमा राख्ने तयारी भएपनि स्वास्थ्य परीक्षणका क्रममा भर्ना गर्नुपर्ने देखिएको प्रहरी अधिकारीको भनाई छ। ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन्।
अस्पताल स्रोतका अनुसार उनको रगत, पिसाब, मुटु, भिडियो एक्सरे लगायतका परीक्षण गरिएको थियो। डाक्टरको सल्लाह र सिफारिस बमोजिम ओलीलाई अस्पतालमा भर्ना गरिएको हो।


