काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।
आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो।
सरकारी वकिलले हिरासतमै राख्नुपर्ने माग गरेको थियो भने ओली र लेखकको पक्षमा बहस गरेका कानुन व्यवसायीले हिरासत मुक्त गर्नुपर्ने जिकिर गरेका थिए। पूर्वप्रधानमन्त्री ओली त्रिवि अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा जोडिएका थिए।
जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो।


