काठमाडौं । सरकारले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण अलपत्र नेपालीको विवरण संकलन तथा आवश्यक सहयोग एवं उद्धारका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
इजरायल-अमेरिका र इरानबीचको हवाई हमलापछि मध्यपूर्वी देशहरूमा रहेका नेपालीका लागि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।
उनीहरूको अवस्था सम्बन्धी सूचना संकलन तथा आवश्यक परेको खण्डमा उद्धार गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो ।
युनाइटेड अरब इमिरेट्स, ओमान, बहराइन, कतार, साउदी अरब लगायत देशमा रहेका नेपालीका लागि विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।


