काठमाडौं । जारी मतगणनामा प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको अन्तिम नतिजा सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ ।
नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।


