काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नै हुने बताएका छन् । मंगलबार पत्रकारहरूसँगको कुराकानी गर्दै रास्वपाका नेताहरूले दायाँबायाँ कुरा गर्न नहुने बताएका हुन् ।
उनले पार्टीको यस निर्णयमा कुनै पनि तहका पदाधिकारीलाई कमा वा फुलस्टप लगाएर दायाँबायाँ कुरा गर्ने छुट नभएको प्रष्ट पारे। रास्वपाले जे बोल्छ त्यही गर्ने दाबी गर्दै उनले पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर बोल्ने अधिकार कसैलाई नभएको बताए।
बालेन्द्र शाहलाई प्रधानमन्त्री नबनाउने भित्रभित्रै खेल भइरहेको भन्ने हल्लामा कुनै सत्यता नभएको दाबी गरे।


