काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले अर्थ मन्त्रालयको असहयोग गरेकै कारण स्वास्थ्य बिमा कार्यक्रम संकटमा परेको आरोप लगाएकी छिन् ।
मन्त्री शर्माले आज मन्त्रालयमा आफ्नो कार्यकालको समीक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएकी हुन् ।
मन्त्री गौतमले स्वास्थ्य बिमा सेवा सुचारु राख्न मन्त्रालयले सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले केवल एक अर्ब मात्र उपलब्ध गराएको जानकारी दिइन्। निर्वाचनपछि बाँकी बजेट दिने प्रतिबद्धता जनाए पनि अहिले अर्थ मन्त्रालय जिम्मेवारीबाट पन्छिएको मन्त्री शर्माको आरोप छ।


