काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुर रहेको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट दलले प्राप्त गरेको २० सिटमा सदस्यहरूको नाम छनोटमा बैठक केन्द्रित हुने बताइएको छ ।


