काठमाडौं । ा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने बताएका छन् ।
काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा आयोजित कार्यक्रममा पुनले नेकपा धुलो टक्टकाएर अघि बढ्ने बताए।
‘विचार, राजनीति, संगठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुनःमूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्छौँ,’ उनले भने, ‘जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने छ। कुनै दिन फेरि मुलुकको नेतृत्व हामी गर्नेछौँ।’
आफूहरु रुपान्तरण र सुशासनको एजेण्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले नेकपालाई पनि पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएका उनको भनाई थियो।


