काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठकले राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई पराजित गरेका छन् । पाठकले ३८ हजार ६७४ मत प्राप्त गरे भने लिङ्देनले १७ हजार २९४ मत मात्रै पाए।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङ्देन विजयी भएका थिए। उनले त्यस बेला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र रास्वपाका पाठकलाई पराजित गरेका थिए।


